टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि ईआईए अध्ययन हुँदै

काठमाडौँ - मुलुकको राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि बल्ल वातावरणीय प्रभाव अध्ययन ईआईए हुने भएको छ । २०७७ सालमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले यस सुरुङमार्गको पूर्व–सम्भाव्यता अध्ययन प्रतिवेदन प्रि–फिजिबिलिटी अध्ययन तयार पारेको थियो ।

सोही बेलादेखि यो सुरुङमार्ग निर्माण क्षेत्रमा चाइनिज पक्ष नेपाल आएका थिएनन् । तर, सडक विभागलाई ईआईए अध्ययन गरेर प्रतिवेदन तयार गर्न आग्रह गरेको छ । सोहीअनुसार सडग विभागले ईआईए अध्ययन गर्ने भएको हो ।

विभागले करिब २ महिना पहिला ईआईए अध्यनका लागि वन तथा वातावरण मन्त्रालयसँग अनुमति मागेको थियो । विभागका महानिर्देशक अर्जुनजंग थापाले वन मन्त्रालयले हालसम्म कुनै प्रतिक्रिया नजनाएको बताए ।