क्रिकेटको ‘स्पट फिक्सिङ’मा १० जनालाई कारबाहीको सिफारिस
फागुन ३, काठमाडौँ । नेपाल टी–२० लिगमा भएको भनिएको ‘स्पट फिक्सिङ’ सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
सीआईबीका एसपी सन्जय सिंह थापाका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान व्युरो सीआईबी ले लामो अनुसन्धान गरी तयार पारेको रिर्पोट सरकारी कार्यालयलाई बुझाएको हो ।
प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली क्रिकेटर आदिल आलम, पूर्वक्रिकेटर महबुब आलमसहित ३ जना पक्राउ परिसकेका छन्, बाँकी ७ जनालाई पक्राउ वा मुद्धा चलाउन सिआइबीले सरकार वकीलको कार्यालयलाई बुझाएको प्रतिबेदनमा उल्लेख छ । उनका अनुसार १० जनालाई प्रतिवादी बनाईएको उक्त प्रतिवेदनमा तीन वर्ष कैद र ५० हजार जरिवाना हुनु पर्ने माग राखिएको छ ।
नेपाली टी–२० लिग गत पुस ९–२७ सम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा ‘स्पट फिक्सिङ ‘भएको खुले पछि सीआईबीले लामो अनुसन्धान गरेको थियो । जसका कारण नेपाल क्रिकेट संघ र उसको नेतृत्व बिबादको घेरामा परेको छ ।