images

नेपालमा मोनोरेल स्थापना गर्न दक्षिण कोरियासँगसम्झौता

काठमाडौँ । दक्षिण कोरियासँग नेपालमा मोनोरेल स्थापनाको लागि सम्झौताभएको छ । नेपाल मोनोरेल केएमई ट्राभल प्रालिकीनिर्देशक संगीताकुँवर र दक्षिण कोरियाकाडेलिम मोनोरलकाप्रमुखकार्यकारी अधिकृत सेओङ बू–सियोपबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाललगायतअन्य देशमा मोनोरेल स्थापनाको लागि समानको उत्पादन, बजार व्यवस्थापन र मर्मत सम्बन्धीकार्यहरु गर्ने उल्लेख छ । कोरियाको राजधानी सउलमाहालै सम्पन्न एक ‘स्पोर्टस ग्लोबर टुरिजम २०२४’ गोष्ठीमा नेपाल मोनोरेलसहित सातवटा सम्झौताभएकाथिए । ‘ड्राइभिङनेशनल डेभलपमेन्ट’ नारा दिएको उक्तगोष्ठीको कोरियास्थितनेपाली  राजदुतावास, ग्लोबल एनआरएन फाउन्डेसन, हान्याङ्गविश्वविद्यालय र एमआइटी फाउन्डेसनले संयुक्तरुपाआयोजना गरिएकोथियो । कार्यक्रममा नेपालको खेलकुद क्षेत्रको प्रवद्र्धन र विकासको सहकारी ढाँचा स्थापना र पारस्परिक सम्बन्धविस्तारको लागि दक्षिण कोरियाको कलेज अफ आर्ट्स एण्ड फिजिकल एजुकेशनबीचपनि सम्झौताभएको छ । उक्त सम्झौतामाकलेज अफ आर्ट्स एण्ड फिजिकल एजुकेशनका डीन सेङनो ली र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले हस्ताक्षर गरेका छन् । त्यसैगरी सामाजिक कल्याण, संस्कृतिआदानप्रदान र पर्यटन प्रवद्र्धनतथाविकासको लागि कोरियाको दुगेदर कोरिया लभ एण्ड होप स्वंमसेवी समूह र ग्लोबन एनआरएनए फाउण्डेसनबीचपनि सम्झौताभएको छ । सम्झौतामाग्लोबन एनआरएनए फाण्डेसनकाअध्यक्षविनोद कुँवर र दुगेदर कोरिया लभ एण्ड होप स्वंमसेवी समूहको तर्फबाट प्रोफेसर योङसु किम र लभ एण्ड भलन्टियर कोरका उपाध्यक्षप्रा.किम यङ्ग सुले हस्ताक्षर गरेका छन् ।त्यसैगरी शैक्षिकआदानप्रदानलाई प्रवद्र्धन, फ्याकल्टी कार्यक्रमहरुमा सहकार्य र शैक्षिक अनुसन्धान र प्रविधिविकासमा सहयोग तथा सहकार्यको लागिहान्याङ युनिभर्सिटी बीके २१ ह्युमन–टेक कन्भर्जेन्स ग्रेजुएट स्कूल र मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीबीचपनि सम्झौताभएको छ । सम्झौतामाबीके २१ को तर्फबाट डीन डा. सेओङनो ली र मेलबर्न इन्स्टिच्युटका अध्यक्षजमुना गुरुङले हस्ताक्षार गरेका छन् । अन्तर्राष्ट्रिय स्तरमा नेपालकायुवा खेलाडीको वृत्तिविकासको लागिआर्थिक, भौतिक र नैतिक सहयोग र सहकार्यको लागिपनि सम्झौतभएको छ । सम्झौतामाग्लोबल एनआरएन फाण्डेसनकाअध्यक्षविनोद कुँवर, अन्तर्राष्ट्रिय पर्वत समाजकाउपाध्यक्ष संगीताकुँवर र नेपाल खेलकुद अनुसन्धान प्रवद्र्धन प्रतिस्ठानका प्राध्यापक केशवथापा, कोरियाको ग्योङसान खुटबल संघका उपाध्यक्ष काङ योङ–होले हस्ताक्षर गरेका छन् । त्यसैगरी टेबल टेनिस खेलको लागि शैक्षिक र प्रविधिविकासको अनुसन्धानको लागिपनि सम्झौताभएको छ । उक्त सम्झौतामा फस्टपोङ कम्पनी लिमिटेडका सिईओ अमिर कमन्दी र हान्याङ विश्वविद्यालयको खेलकुदउद्योग तथा विज्ञान विभागकाप्राध्यापक सिद्धार्थ विक्रम पाणेले हस्ताक्षर गरेका छन् । संस्कृति, पर्यटन तथानागरिक उड्डयन राज्यमन्त्री सुशीलासिर्पाली ठाकुरीकोको प्रमुखअतिथ्य रहेको कार्यक्रममाप्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री नारायण प्रकाश साउदलगायतलेशुभकामनादिएकाथिए । एनआरएनआईसीसीकातथाग्लोबल एनआरएन फाउन्डेसनकाअध्यक्षविनोद कुँवरकोअध्यक्षतामा सम्पन्नकार्यक्रमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यस सचिव टंकलाल घिसिङ, कोरियाकालागि नेपाली राजदुतमहामहिम डा. ज्योतिप्याकुरेल, हान्याङ्गविश्वविद्यालयकाप्रमुख  कि–जङ ली, एनआरएनआईसीसी र ग्लोबल एनआरएन फाउन्डेसनका संरक्षक शेष घले एमआइटी फाउन्डेसनको निर्देशिकाजमुना गुरुङ,कम्बोडियाका राजदूत छ्रिङ बोटम रंगसाइ, पाकिस्तानका राजदूतनबीलमुनीरले बिशेष सम्बोधन गरेका थिए । उक्तकार्यक्रममाविभिन्नविश्वविद्यालयकादक्षख्यातीप्राप्तप्राध्यापकहरुलगायत सम्बन्धितविषयकाबिशेषज्ञहरुले १५ वटा कार्य तथा सोधपत्रहरु  प्रस्तुत गरेका थिए 
 

बिहीबार २ फागुन २०८० ०३:३८ PM मा प्रकाशित

प्रतिक्रिया