images

सभामुख देवराज घिमिरेद्वारा नेपाल संवतको शुभकामना

सभामुख देवराज घिमिरेले नेपाल संवत १११४ को उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिएका छन्। मंगलबार एक वक्तव्य जारी गरी सभामुख घिमिरेले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, समृद्धि सुस्वास्थ्यको कामना गरेका हुन्। ‘नेपालको मौलिक संवतको रुपमा रहेको नेपाल संवतले नेपालीहरुबीच सामाजिक एकता, सहिष्णुता तथा आपसी सद्‌भाव अभिवृद्धि गर्न प्रेरित गर्ने विश्वास लिएको छु,’ सभामुख घिमिरेले भनेका छन्। नेपाल संवतका प्रवर्तक शंखधर साख्वा भएको स्मरण गर्दै उनले नेपालका विपन्न जनताको ऋण तिरेर ऋणमुक्त बनाएको दिनको सम्झनामा यो संवत थालिएको बताएका छन्। ‘नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, दोलखा लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाइने भए पनि यो संवत सिंगो नेपाल नेपालीको सम्पत्ति हो,’ सभामुख घिमिरेले भनेका छन्।

मङ्गलबार २८ कात्तिक २०८० ०८:४८ AM मा प्रकाशित

प्रतिक्रिया