images

महानन्द चोकमाहत्या गरिएकीयुवतीको पहिचानखुल्यो

झापा ।झापाअर्जुनधारा ६ को महानन्द चोकमायुवकद्वारा छुरा प्रहार गरी हत्या गरिएकीयुवतीको  पहिचानखुलेको छ । हत्या गरिएकीयुवतीअन्दाजी १९ वर्षकीइलामफिक्कलकीमनिशालोहार भएको  खुलेको हो । त्यस्तै उनलाई छुरा प्रहार  गर्ने युवक कैलालीजिल्ला स्थायी ठेगानाभएकाअन्दाजी २० वर्षका  अनिलविकभएको बुझिएको छ । छुरा प्रहारबाट घाइते युवतीलाई उपचारका लागि बीएण्डसी अस्पताल पठाइएकोमा उपचारका क्रममा  साँझ७ बजे उनको मृत्यु भएको हो । उनको घाँटी, छाती र कोखामा छुरा लागेको थियो ।   छुरा प्रहार गर्नेविकपनि घाइते छन् । उनलाई उपचारको  लागिबिर्तासिटी अस्पताल भर्ना गरिएको छ । छुरा प्रहार गर्नेविकलाई स्थानीयले प्रतिकार गर्दा  उनी घाइते भएकाहुन् ।  घटनाको सम्बन्धमा अनुसन्धानभइरहेको इलाकाप्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । दुवैजना प्रेमी–प्रेमिका रहेको बुझिएको छ । चार दिनअघि  केटीको विषयमाबिर्तामोडको किरात चोकमादुई समूहबीचग्याङ फाइट भएको थियो । झडपमा एकजना घाइते भएकाथिएभने तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो ।  यस किसिमका घटनाले बिर्तामोड असुरक्षितबन्दै गएको छ ।
 

शनिबार २९ भदौ २०८१ १०:१३ AM मा प्रकाशित

प्रतिक्रिया