अमेरिकामा भिषण आगलागी : मृत्यु हुनेको संख्या ९३ पुग्यो

काठमाण्डौँ - अमेरिकाको जंगलमा लागेको भिषाण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।
एक साता देखी लागेको डढेलोमा परेर अहिलेसम्म मृत्यु हुनेको संख्या ९३ पुगेको अधिकारीहरूले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाको हवाईको जंगलमा लागेको आगलागीका कारण अहिलेसम्म ९३ जनाको मृत्यु भएको पुष्टी भएको छ । स्थानिय प्रहरी अधिकारीका अनुसार मृत्यु हुनेको संख्या अझै बढन सक्ने छ भने सो आगलागीको चपेटामा परी सयौं घाइतेसमेत भएका छन ।  अमेरिकाको जंगलमा विगत १०० वर्षमा लागेको यो सबैभन्दा भयानक आगो हो ।

हवाईका गभर्नरले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका छन् । माउई र लाहैना जस्ता सहरमा २२ सयभन्दा बढी घरहरु जलेका छन भने सयौं सवारी साधान पनि आगजानीका कारण ध्वस्त भएका छन् । बिजुली तथा खानेपानीसमेत नहुदाँ मानिसहरूको दैनिक जीवन थप कष्टकर भएको छ । अधिकांस मानिसले घर छाडेर हिडेका छन् ।