काठमाडौ - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले भ्रष्ट्राचार विरुद्ध आन्दोलन गर्नेहरुलाई भ्रष्ट्राचार गर्ने नेता को हो थाहा छ भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले सडकमा भ्रष्ट्रचार विरुद्ध गरेको आन्दोलनको नाटक आफूले धेरै पटक देखेको उल्लेख गर्दै आफूले अब नपत्याउने टिप्पणी गरे ।
फेसबुकमा लेख्दै बालेनले भनेका छन्ः
भ्रस्टाचार बिरुद्धको आन्दोलन ? ?
को नेता हो थाह छ ?
घर कहाँ हो थाह छ ?
सिधै लगेर बागमतीमा चोपाल्नुस ।
यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले ।
पत्याउदिन म चही ।
तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।