नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको निर्णयहरू के-के छन् ?

काठमाडौँ - नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको बैठक अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा बस्यो । पदाधिकारी र सदस्यको उपस्थिति रहेको बैठकले निम्न निर्णय गरेका छन् ।

 
निर्णय नं. १. नेपाल पत्रकार महासंघको विधान २०६०को(पाँचौ संशोधन २०७५) अनुसारको दफा १६को व्यवस्थाको अधिवेशनमा रही कुनै पनि सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकारले प्रतिष्ठान शाखा खोल्न चाहेमा विधानको सीमा भित्र रहेर २०७९ पुस ८ र ९ गते सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभाको म्यान्डेटअनुसार गठित शुद्धीकरण समितिको नयाँ सदस्यता र नवीकरणका सन्दर्भमा ‘सदस्यता शुद्धीकरण मापदण्ड–२०७९’ अधिन र सीमाभित्र रहेर शाखा गठनका लागि पनि सबैमा अनुरोध गर्ने निर्णय गर्दछौं । शाखाहरु माग हुन आएमा विधानको परिधि र शुद्धिकरण मापदण्डलाई आधार बनाउँदै प्रदेश समितिले आवश्यक निर्णय लिनेछ ।

 
निर्णय नं. २. नेपाल पत्रकार महासंघले २०७९ पुस ८ र ९ गते सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभाको म्यान्डेटअनुसार गठित शुद्धीकरण समितिले महासंघको नयाँ सदस्यता र नवीकरणका सन्दर्भमा ‘सदस्यता शुद्धीकरण मापदण्ड–२०७९’ तयार पारी २०८० वैशाख २५ गतेको परिपत्र अनुसार प्रतिष्ठान प्रदेश समिति अन्र्तगतका सबै शाखाहरूलाई विधान र सदस्यता शुद्धीकरण मापदण्डको अधिन र समयसीमा भित्र कार्यसम्पादन गरी प्रदेश समितिको कार्यालयमा आवश्यक कागजात र शुल्कहरू उपलब्ध गराउनका लागि अनुरोध गर्ने निर्णय गरिएको छ । साथै शाखाहरूसँग समन्वयन गर्न प्रदेश समितिका निम्न पदाधिकारी र सदस्यलाई निम्न अनुसार जिम्मेवारी तोक्ने निर्णय भएको छ । जसअनुसार ः
१. रेडियो थाहा सञ्चार, माउन्टेन टेलिभिजन, –वीरेन्द्र ओली
२.नेपाल टेलिभिजन, रेडियो नेपाल –रुक्मिणी पोखरेल
३. मिडिया होम,सौर्य दैनिक, इमेज च्यानल –नरेन्द्र मानन्धर
४. हिमाल मिडिया, एन्टेना फाउन्डेसन, नेपालवाणी नेटवर्क – केशव बोहोरा
५.च्यानल नेपाल, राजधानी –मुरारी दुलाल
६. कान्तिपुर शाखा –स्वरुप आचार्य
७.कान्तिपुर टेलिभिजन, मेट्रो एफ.एम., अन्नपूर्णपोष्ट शाखा –शिव रेग्मी
८.नेपाल एफएम, गोर्खा एफएम – रमेश टमट्टा    
९.स्वतन्त्र समाचार सेवा, आउटलाइन समाचार –सन्चिता घिमिरे
१०.हिमालय टाइम्स, हिमालय टेलिभिजन – रामचन्द्र अर्याल
११.मिर्मिरे रेडियो, जनसञ्चार शाखा– राजकपुर मर्हजन
१२.रेडियो राजधानी, कारोबार –बालकृष्ण भट्ट
१३.रेडियो सगरमाथा, सामुदायिक सूचना नेटर्वक, कान्तिपुर एफ.एम., १४.कम्युनिकेशन कर्नर  –राजु मियाँ
१५.मेरो एफएम –अनिताकुमारी घिमिरे
१६.गोरखापत्र, राष्ट्रिय समाचार समिति र कामना शाखा – अशोक घिमिरे
१८.रिपब्लिका शाखा, एबीसी टेलिभिजन, नयाँ पत्रिका –शिवहरि घिमिरे
१९.द हिमालयन टाइम्स शाखा, एभिन्यूज टेलिभिजन, न्यूज २४ –उद्धवकुमार कार्की÷ किशोर चौधरी


निर्णय नं.३. महासंघको नयाँ सदस्यता र नवीकरणका सन्दर्भमा विधानको व्यवस्था र ‘सदस्यता शुद्धीकरण मापदण्ड–२०७९’लाई प्रभावकारी कार्यान्वयनका लागि समन्वय र सहजिकरणका लागि निर्वतनमा अध्यक्ष शेखर अधिकारीको संयोजकत्वमा उपाध्यक्षहरू वीरेन्द्र ओली र रुक्मिणी पोखरेल, महासचिव रामकुमार शाही, सचिवहरू नरेन्द्र मानन्धर र पार्वती खड्का तथा कोषाध्यक्ष केशव बोहोरा रहेको एक समिति गठन गर्ने निर्णय गर्दछ । त्यसले सदस्यताका साथै नयाँ शाखा प्रदान गर्नका लागि कार्यविधि समेत निर्माण गर्नेछ ।

 
निर्णय नं.४. नेपाल पत्रकार महासंघको विधान २०६०(पाँचौ संशोधन २०७५)को परिच्छेद २को ४ अनुसार (मानार्थ सदस्य ःमहासंघको उद्देश्य प्राप्तिका लागि विशेष योगदान पु¥याएका स्वदेशी वा विदेशी व्यक्ति वा संस्थालाई केन्द्रीय समितिले सम्मानपूर्वक महासंघको मानार्थ सदस्यता प्रदान गर्न सक्नेछ।) कार्यसमितिबाट प्राप्त नामका आधारमा मानार्थ सदस्यता प्रदान केन्द्रीय समितिलाई सिफारिससहित अनुरोध गर्ने निर्णय गर्दछ ।  


निर्णय नं.५. नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले आफ्ना गतिविधिहरुलाईसमेत लिपिवद्ध गर्दै अलिहेको अवस्थामा पत्रकार र सञ्चार क्षेत्रमा देखिएका चुनौतीका विषयमा विचार निर्माण गर्नेगरी स्मारीका प्रकाशन गर्ने निर्णय गर्दछ । त्यसका लागि उपाध्यक्ष वीरेन्द्र ओलीको नेतृत्वमा स्वरुप आर्चाय, दीपवेन्द्र कर्ण, अनिता कुमारी घिमिरे, रमेश टमट्टा, अशोक घिमिरे, शिवहरि घिमिरे, किशोर चौधरी र राजु मियाँ रहेको समिति गठन गर्ने निर्णय गर्दछ । समितिले त्यसका लागि आवश्यक पर्ने सबै तयारी गर्नेछ ।

 

निर्णय नं.६. नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले महासंघका पूर्व सभापति र अध्यक्षहरुको प्रोफाइल प्रकाशन गर्ने निर्णय अनुसार धेरै जसो लेख्ने काम अन्तिम चरणमा पुगेकाले त्यसलाई सम्पादनसहित स्रोतको व्यवस्थापनगरी प्रकाशनमा लैजाने निर्णय गर्दछौं ।  


निर्णय नं.७. केही सञ्चार माध्यमले विभिन्न बहानाबाजी गर्दै श्रमजीवी पत्रकारहरुको मासिक तलब, भत्तासहितका सुविधाहरु नपाएको गुनासो आइरहेको छ । त्यसप्रति नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिमो गम्भीर ध्यानाकर्षण भएको छ । सरोकारवाला पक्षलाई श्रमजीवी पत्रकारको सेवासुविधा नियमित र समयमा उपलब्ध गराउन माग गर्दछौं ।साथै, सञ्चार क्षेत्रमा देखिएको आथिर्क समस्यालाई सम्बोधन गर्न नेपाल सरकारलाई विज्ञापनमा एकद्वार नीति लागु गर्न पनि यो बैठक माग गर्दछ ।  


निर्णय नं.८. सरकार अहिले सञ्चारसँग संवद्ध विभिन्न कानूनहरु निर्माणको चरणमा छ । सञ्चार क्षेत्र र सञ्चारकर्मी तथा सञ्चार कर्मलाई सञ्कुचित गर्नेगरी कुनै पनि विधेयक नल्याउन सरकारलाई अनुरोध गर्दछ ।  


निर्णय नं.९. पत्रकारिता र पत्रकार माथि पछिल्ला दिनमा निरन्तर प्रश्न उठिरहेकाले आफ्नो पेशालाई विश्वसनिय बनाउने हामी आफैंले हो । त्यसले पत्रकारिता क्षेत्रलाई अझ विश्वसनिय बनाउने कर्ममा लाग्न सबैमा अनुरोध गर्दछौं ।

 
निर्णय नं.१०. नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति र कान्तिपुर सिटी कलेजबीच आमसञ्चार तथा पत्रकाररता विषयमा स्नातकोत्तर अध्ययनका लागि तपशिलका व्यक्तिलाई छात्रिवृत्त प्रदान गर्ने निर्णयलाई अनुमोदन गरिएको छ । प्रविन्दकुमार श्रीवास्तव, नेपाल टेलिभिजन, सीमा तामाङ कान्तिपुर दैनिक, तेजना पौडेल बागमति टेलिभिजनलाई ६५÷६५ प्रतिशत र प्रयास श्रेष्ठ रातोपाटी डटकम र मिलन बढाथोकीलाई ५०÷५० प्रतिशत प्रदान गरिएको छ ।

 
निर्णय नं.११. महासंघको नयाँ सदस्यता र नवीकरणका सन्दर्भमा विधानको व्यवस्था र ‘सदस्यता शुद्धीकरण मापदण्ड–२०७९’लाई प्रभावकारी कार्यान्वयनका लागि प्रतिष्ठान प्रदेश समिति अन्र्तगतका शाखा अध्यक्षसँगको भेला जेठ १२ गते शुक्रबार गर्ने निर्णय गरिएको छ ।