आजको मौसम : दिउँसो र राति वर्षा हुने सम्भावना 

काठमाडौँ - हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

आइतबार बिहान देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहेको छ । त्यस्तै, गण्डकी तथा कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा समेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो भने देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । त्यस्तै, बाँकी भूभागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। साथै देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक(हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

आइतबार राति भने देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ ।