काठमाडौँ - वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन क्षेत्र नं २ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी परेको छ ।
कञ्चनपुरका पत्रकार खेम भण्डारीले लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् । उनले अनलाईनमार्फत सभापति लामिछानेविरुद्ध अख्तियारमा उजुरी दिएका छन् ।
पुस १० गते गृहमन्त्री नियुक्त भएका लामिछानेले आफ्नो कार्यकालमा राष्ट्रिय परिचयपत्र रुजुसम्बन्धी गैरकानुनी कार्यविधी बनाएर भ्रष्टाचार गर्ने नियतले ठेक्का आह्वान गरेको विषयमा उजुरी दिएको पत्रकार भण्डारीले बताए ।