सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, कहिले हुँदैछ एजिएम ?

काठमाडौँ - सिक्लेस हाइड्रोपावरले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट १०.५२६ प्रतिशत नगद लाभांश करसहित दिने निर्णय गरेको छ ।

यसका साथै लाभांश पारित गर्न कम्पनीले आउँदो चैत २० गते १८ औँ वार्षिक साधारणसभा पनि बोलाएको छ। सभा कास्कीको पोखरास्थित घारीपाटनको आभ्या क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुक क्लोज गर्ने निर्णय पनि गरेको छ । यस अनुसार चैत १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउने छन् ।