images

मोरङमा आगो निभाउने क्रममा २५ जना घाइते

मोरङको उर्लाबारीस्थित एक सुन पसलमा लागेको आगो निभाउने क्रममा २५ जना घाइते भएका छन् । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित दीपक कार्कीको घरमा रहेको सुन पसलमा गएराति लागेको आगो निभाउने क्रममा चार प्रहरीसहित २५ जना घाइते भएका हुन् । घाइतेहरूको झापाको बिर्तामोड, विराटनगर, उर्लाबारीको गोदावरी तथा अरनिको अस्पतालमा उपचार भइरहेको छ । सुन पसलभित्र आगलागी भएपछि सटर खोल्दा आगोको मुस्लोले लागेर उनीहरू घाइते भएको स्थानीयले बताएका छन् । आगलागीको कारण भने खुलेको छैन । 

सोमबार २७ कात्तिक २०८० ०९:५६ AM मा प्रकाशित

प्रतिक्रिया