images

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंककाअनुसार मंगलबार अमेरिकी डलर, बेलायती पाउण्ड र यूरोको विदेशीविनिमय दर बढेको छ । कतारी रियालको खरिद दर स्थिर हुँदाबिक्रीदर बढेको छ । आजअमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०६ पैसा र बिक्री दर १३४ रुपैयाँ ६६ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४६ रुपैयाँ ४१ पैसा र बिक्री दर १४७ रुपैयाँ ०६ पैसा रहेको छ।
त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ०९ पैसा र बिक्री दर १७१ रुपैयाँ ८६ पैसा पुगेको छ। कतारी रियालको मूल्यएकको खरिद दर ३६ रुपैयाँ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
 

मङ्गलबार २९ साउन २०८१ ०९:१५ AM मा प्रकाशित

प्रतिक्रिया