आजको विदेशी मुद्राको विनिमय दर कस्तो छ ? 

काठमाडौँ - नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आजको अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ३० पैसा र बिक्री दर १३१ रूपैयाँ ९० पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ६९ पैसा र बिक्री दर १४५ रूपैयाँ ३५ पैसा रहेको छ ।

हिजो अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ४९ पैसा र बिक्री दर १३२ रूपैयाँ ०९ पैसामा तथा युरो एकको खरिद दर १४४ रूपैयाँ६९ पैसा र बिक्री दर १४५ रूपैयाँ ३५ पैसामा कारोबार भएको थियो।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ७७ पैसा र बिक्री दर १७० रूपैयाँ ५४ पैसा,अस्ट्रेलियन डलर एकको खरिद दर ८७।८३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.२३ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९रुपैयाँ ३२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७८ पैसा कायम गरिएको छ।

उता, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा तथा दक्षिण कोरिया १०० को खरिदमा १० रूपैयाँ १८ पैसा र बिक्रीदर १० रूपैयाँ २३ पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।