आज सर्वाधिक कमाउने कम्पनीहरु कुन-कुन छन् ? 

काठमाडौँ - कारोबारको पाँचौ दिन बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन २५ अंकले बढेको शेयर बजार आज १२.६२ अंकले घटेर २०८४ को बिन्दुमा कायम भएको छ ।

एनआईबिएल समृद्धि फण्ड, सिटिजन्स म्युचुअल फण्ड लगायत अन्य कम्पनीहरुको शेयरमूल्य बढेको छ । बिहीबार शेयर बजार घटेसँगै केही कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ । आज पिपल्स् पावर कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । कम्पनीको शेयरमूल्य ६।५ प्रतिशतले घटेर ३१८ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज हिमालयन पावर, बुद्धभुमी नेपाल हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त लगायत अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ ।