स्वामीध्यानआशिष
नेपालमा स्वामीआनन्द अरुणको अध्यात्मिक योगदान
स्वामीध्यानआशिष
मैंले स्वामीआनन्द अरुणलाई पहिलो पटक सन २००० को डिसेम्बेरमा कठ्यांग्रिदो जाडोमा बिहानीपखओशो तपोबनमा भेटेको थिए। त्यसदिन मपहिलो पटक तपोवनपुगेको थिए। बिहान सबेरै बाक्लो कुहिरोले तपोबननै ढाकिरहेको थियो । वायुमण्डलबाट शीतकाथोपाहरु तपतपचुहिरहेका थिए । उनीओशो तपोबनको रजनीशध्यानमन्दिरबाट सक्रियध्यान सकेर भर्खर निस्कदै थिएअनि एक सहयोगी सन्यासीलाई केहीनिर्देशनदिंदै थिए । त्यो दिनमलाई अहिले पनि झल्झल्तीयाद आउँछ । उनलाई प्रत्यक्ष भेटनुअघि मैंले पोखराको ओशो इनरकनेक्सन ध्यान केन्द्र, पृथ्वीचोकमा ओशोले आविस्कार गर्नु भएका ध्यानविधिहरु गर्न जाँदाउनको बारेमा धेरै सुनेको थिए र उनको रेकर्ड गरिएको प्रवचन सुनेको थिए । प्रकृतिको मनोरम छटाले भरिएको सुन्दर नगरी पोखरामा बिहानीपख स्वामीआनन्द अरुणको रेकर्ड गरिएको आवाज पहिलो पटक सुनेको स्मरण अझैपनि मेरो मस्तिष्कमा तरोताजा छ ।
उनले ओशोको विद्यार्थी जीवनकालको प्रतिभाशालीव्यक्तित्वको चर्चा गरेको मेरो स्मृतिमाअझैपनि स्मरण छ । स्वामीआनन्द अरुण नेपालको अध्यात्मिकआकाशका एक चम्किलातारा हुन् । स्वामी अरुणको बारेमा केही लेख्न त्यति सजिलो त छैन । मेरा शब्दहरु छोटा हुन्छन अनिउनको व्यक्तित्वलाई शब्दहरुमा अटाउन मुस्किल हुन्छ । तरपनि म यहाँअहिले त्यो बिशाल अध्यात्मिक व्यक्तित्वको बारेमा केही लेख्ने प्रयास गर्न खोज्दैछु ।
यि ओशोका एक अमूल्यनुतनसँग यस पङतिकारले बर्षौसम्म तिमहान गुरु ओशो र ध्यान साधनाका सम्बन्धमा सतसँग गर्दा अनि उनका ध्यान शिविरहरुमा सहभागीहुँदाउनकामुखारबिन्दुबाट निस्केका कुराहरुको स्मरण गर्दै मैंले तिविभुतिको सन्दर्भमा यहाँ चित्रण गरिरहेको छु । सन् १९४४, जुन १६ मा जनकपुरमा जन्मेका स्वामीआनन्द अरुणले ओशोलाई २९ मार्च १९६९ मा पहिलो पटक पटनाको सिन्हा पुस्तकालयमादर्शन गरेपछि जब अक्टोबर १९६९ मा गुजरातको द्वारिकामाभएको ओशोको ‘मै मृत्यु सिखाताहुँ’भन्ने शिविरमा पहिलो पटक सहभागी बने । त्यस समयउनले ओशोलाई उनको निवासमा रोचकतरिकाले भेटघाट गरि आफ्ना जिज्ञासाहरु राखे ।त्यहि भेटमा स्वामी अरुणले आग्रह गरेपछि १९, २०, र २१ मार्च, १९७० मा ओशो नेपालआउनमन्जुर हुनु भएको थियो । तर त्यस समयमा केही पैसाको अभावको कारणले त्यो सफलहुननसकेकोमा स्वामी अरुणले अझैपनि ठुलो पश्चातापव्यक्त गर्ने गर्दछन ।
ओशोलाई नेपालल्याउने त्यस बेलाको प्रयास सफलनभएपनि पछि अमेरिकाबाट फर्केपछि सन् १९८६ मा ओशो नेपालआउनुभयो । स्वामी अरुणले पछिल्लो पटक ओशोलाई नेपाल राख्ने भरमग्दुर प्रयास गरेका थिए । नेपालको सुन्दर नगरी पोखरामा फेवातालको किनारमा रहेको फिस्टेल होटल किन्ने र त्यसलाई ओशोको आश्रम बनाउने र ओशोलाई पोखरामा राख्ने योजना बनेको थियो । तर त्यो सफलहुन सकेन् । सायदअस्तित्वको त्यही योजनाथियो । भनौंओशोलाई राख्ने नेपालको भाग्यथिएन । ओशो ४५ दिनसम्म नेपालको सोल्टी होटेलमाबसी त्यसपछी बिश्व भ्रमणमा निस्किए । स्वामीआनन्द अरुणको साधनाकालमा ओशोले भनेका कुराहरु अहिले अक्षरस पूरा हुँदै गएको कुरा स्वामी अरुणले साधकहरूको समिपमा पटक पटकव्यक्त गर्ने गर्दछन् ।
कुनै समय ओशोले अरुणलाई भनेका थिए ‘नेपालको विशालअध्यात्मिक संभावना छ । भविष्यमा सारा नेपाल मेरो रंगमा रंगिने छ । ओशोले स्वामीजीलाई भनेका थिए । जसरी तिब्बतभगवानगौतम बुद्धको दर्शनको अध्यात्मिक राजधानीबन्यो त्यसैगरी नेपालभविष्यमा मेरो देशनाको अध्यात्मिक राजधानी बन्दछ । त्यो कुरा अहिले बिस्तारै साकार हुँदै जानथालेको छ । गुजरातको द्वारिकामाओशोसँगको पहिलो भेटमा विद्यार्थी अरुणलाई ओशोले सोधेका थिए–‘तिमीलाई के गर्न तिब्र इच्छा छ ?अरुणले भनेछन् –‘मलाई संसारभर घुम्ने इच्छा छ ।’ ओशोले तत्कालभनेछन् – ‘तिमीध्यान र साधनाले तयार बन, म तिमीलाई मेरो संदेश लिएर संसारभर घुमाउँदछु ।’ओशोको संदेश लिएर ध्यानशिविर गराउनजाँदा स्वामीआनन्द अरुणले विश्वका धेरै देशहरु घुमे ।ओशोले त्यसबेलादिएकातिबचनअहिले साकार भएको कुरा स्वामी अरुणले स्मरण गर्दै भन्दछन–‘मैले ओशोकोध्यानशिविर गराउनजाँदा रसिया, युरोप, अमेरिका, बेलायत, जापानलगायतका देशहरु घुमेको छु ।’
त्यसैगरी एकपटक स्वामी अरुणले आफू ध्यानमालाग्दाअनिआफ्नो पारिवारिक बेमेलको कारण आफ्नाबच्चाहरुले पढन पाउदैनन कि ?उनीहरुले भविष्यमामागेर खानुपर्ने दिनआउने हो कि भनेरओशोलाई चिन्ताव्यक्त गरेछन् । तत्कालओशोले भनेछन्–‘ल आजतिमी र म सम्झौता गरौं । म तिम्रो बच्चाबच्ची पढाउने जिम्मा लिन्छु ।तिमी मेरो कामगर्नेजिम्मा लेउ ।’ स्वामी अरुणका छोराछोरीहरुले पछी युनिभर्सिटी टप गरे र अहिले उनीहरुको बहुत राम्रो ब्यवस्था छ । ओशोको समिपमा स्वामी अरुणले यस्ता अनेकौ आश्चर्यजनक कुराहरु देखेका र भोगेका छन् ।
स्वामी अरुणले आफ्नो आमाबुवालगायत नेपालबाट पहिलो पटक १० जनाव्यक्तिहरुलाई लिएर पुना गएछन् । त्यहाँजवओशोसँग स्वामीजीको आमाको कुराकानीभयो । स्वामीजीको आमाले ओशो समक्ष भनिछन, ‘मेरो शरीरमा रोगहरु छन, अब धेरै वाँच्दिनहोला ।ओशोले सोधेछन्– तिमीलाई कतिबाँच्ने इच्छा छ ?आमाले केहीबोलिनन् । उनको आमामौंन भइन । त्यसपछि ओशोले तत्कालभनेछन् – ल तिमीलाई जति समयसम्मबाँच्न मन लाग्दछ, त्यति समयसम्मतिमीबाच्नेछौ ।’ धेरैपछि स्वामीजीको आमा बिरामीभई अस्पतालमा उपचार गरि डिस्चार्ज हुने तयारी भइरहेको बेलाआमा सुमित्रादेवीसिन्हाले स्वामीजीको समिपमा कुराकानीको क्रममा भनिछन्–‘ल शरीर पनि बुढो भयो । रोगीभयो । अब मलाई बाँच्ने इच्छा पनि छैन । तिम्रो गुरु ओशोसँग मेरो शरीरबाट छुटकाराको लागिप्रार्थना गरिदेउ ।’ आमाले अनुरोध गरेपनि स्वामी अरुणलाई आफ्नै आमाको मृत्युको लागि गुरुसँग प्रार्थना गर्नु उपयुक्तलागेन । त्यहिबिचमा कुरा हुँदैगर्दा तुरुन्तै, तत्काल स्वामीजीकै अगाडि उनको आमाले शरीर छाडिछन् ।
स्वामीआनन्द अरुण ओशो जगतमापंचशील प्रस्तुत गर्ने ओशोका आचार्य हुन् । ओशो संस्कृतिमापहिलोपटक शिलर नियमको कुरा स्वामीजीले प्रस्तुत गरे । ओशोले ध्यानको अनिवार्यताबाहेक आफूले साधकहरुलाई कुनै नियमनदिएको बताइरहनु भएको पृष्ठभूमिमा ओशोको जगतमा स्वामी अरुणबाट पंचशीलको प्रस्तुतिभएसंगै अध्यात्मिकजगतले उहाँको खुबप्रशंसा गर्यो र नेपालको ओशो जगतमापंचशीलको खुब सरहानाभयो । स्वामी अरुणले भन्दछन, ओशोका प्रारम्भिककालकाउत्कृष्ट २० पुस्तकहरुको निचोडलाई ओशोको आदेश अनुसार मैंले पंचशीलको रुपमा प्रस्तुत गरेको हो ।
स्वामी अरुण ओशोको आश्रमहरुमाआरती गर्न सुरुवात गर्ने आचार्य हुन् । उनले ओशो संस्कृतिमा सन २०१२ मा तपोबनबाट आरतीको प्रवेश गराए । सनातनहिन्दु संस्कृतिमाआफ्नाआराध्यगुरुको आरतीअत्यन्तपबित्रप्रार्थना मानिन्छ । नेपाल र भारतमाआरतीबहुतलोकप्रियधार्मिक विधिहो । सनातन संस्कृतिको बाहुल्यभएको नेपालमाओशो संस्कृतिमाआरतीको प्रवेशले महान गुरु ओशोको देशनाको प्रचार, बिस्तार र संरक्षणमा महत्वपूर्ण भूमिका रहने अनुमानगर्न सकिन्छ । स्वामीआनन्द अरुणले ओशोको आदेश अनुसार आरती सुरु गरेको हो भन्दै आएका छन् । उनीदोस्रो पटक ओशोलाई भेट्न रजनीशपुरम, अमेरिका जाँदा फर्कने बेलामाओशोले उनलाई आरती, बत्ती र रजनीशपुरमको लाइटर पनिउपहार दिएकाथिए । त्यसबेलात्यसको अर्थ बुज्ननसकेका स्वामी अरुणले धेरैपछी मात्रगुरुको त्यो संकेत बुझेका थिए ।
सन् १९८६ मा ओशो नेपालआउँदा स्वामी अरुणले ओशोलाई भनेछन्–भगवान नेपालमा सनातन संस्कृतिमाआरती गर्ने प्रचलन छ । त्यसपछि ओशोले स्वामी अरुणलाई आरती गर्ने आदेश दिएको कुरा उनी सत्संगमा बताउँछन् । त्यसैगरी बुद्धले पूर्वजन्ममा हरेक बुद्धपुरुषको मुर्तिमा पुजार आरती गरेको पुण्यले बैशालीमा खडेरीले आक्रान्त समयमापानी परि तत्कालिन समयमाजनमानसलाई खडेरीबाट मुक्त गराउनु भएको थियो । त्यसैले बुद्धपुरुषहरुको मुर्ति स्थापना गरि आरती सुरुवात गरेको कुरा स्वामी अरुणले साधकहरु समक्ष वताउँछन् । स्वामीआनन्द अरुण ओशो संस्कृतिमा बुद्धपुरुषहरुको मुर्ति स्थापना र आरती सुरुवात गर्ने अभियानको सुरुवातकर्ता हुन् । उनले नेपालबाट ओशो संस्कृतिमाआरती सुरु गरेपछी अध्यात्मिकजगतमाओशोप्रति सकारात्मक दृष्टिकोणको बृद्धि भएको छ ।
स्वामीआनन्द अरुणको काठमान्डौको ताहाचलमा रहेको घरबाट नेपालको ओशो अभियान सुरु भएको हो । स्वामी अरुणले डेडबर्ष अघि उक्तआशिषध्यान केन्द्र रहेको घरको सन्दर्भमा नयाँ रहस्यखोलेका छन् । ओशोको कुनै एक पूर्वजन्म नेपालमाभएको र अहिले आशिषध्यान केन्द्र रहेको स्थलउक्त समयमाउनको साधनास्थली रहेको नयाँ रहस्यओशो जगतमाखोलेका छन् । आशिषध्यानकेन्द्र परिसरभित्र ठयाक्कै ओशो मन्दिर रहेको स्थानमापूर्वजन्ममाओशो बस्ने निवास रहेको रहस्यउनले खोलेका छन् । ओशोको यस अघिको तेस्रो पूर्वजन्म नेपालमाभएको रहस्य स्वामी अरुणले खोलेपछि ओशोको नेपालसँगको सम्बन्धको रहस्यले नयाँउचाई लिएको छ ।
स्वामी अरुण सबैभन्दा सक्रियशिष्यहुन् । अत्यन्तआदरणीय व्यक्तित्वहुन् ।ओशोको देशनाको प्रचारको लागिदिवानाहुन् । उनले ओशोको जीवनकालमाउनको समिपमा धेरै जिज्ञासाहरु राखेकाथिए । तिमध्ये केही जिज्ञासा र ओशोका अमृत बचनहरु पुस्तक र अडियोको रुपमाउपलब्ध छन् । स्वामीआनन्द अरुणले ओशोलाई भेट्नुअघि अनेकौ आश्रमहरु गएकाथिए र धेरै गुरुहरुलाई भेटेर दिक्षापनिलिएकाथिए । पछिपनि उनले धेरै गुरुहरु तथा सन्तहरुलाई भेटेर सत्संग गरेका छन् । उनले बिभिन्न सन्तहरुसँग भएको भेटघाटको रहस्यमयविवरण सन्त दर्शन, अंतर्यात्रा, सन्तगाथा, मिस्टिक एण्ड मिराकल जस्ता उनका १२ भन्दा बढी पुस्तकहरुमा गरेका छन् । उनी पुस्तकहरु पढन र अरुलाई पुस्तकहरु उपहार दिनखुशी हुन्छन ।
स्वामी अरुणले अहिले नेपालमालोकप्रियअध्यात्मिकगुरुको दर्जा पाएका छन् । ओशो जगतमाउनी नेपालको मात्रहोइनविश्वकै लोकप्रियगुरुको रुपमा चिनिन्छन । तरपनिउनीयति सरल, बिनम्र र महान छन् कि उनले आफु गुरु होइनओशोको शिष्यमात्रहो भन्दछन । विश्वमाअनिविशेषगरीभारतमाओशो संन्यासीहरुले मालानलगाउने संस्कृतिविकसितभएको सन्दर्भमा उनीओशो संन्यासीहरुले अनिवार्य मालालगाउनु पर्दछ र नियमितध्यान गर्नु पर्दछ भन्ने शिक्षण दिन्छन । ओशोले जुन ढंगले ध्यान र साधनाको संदेश बाँढेका थिएत्यो संदेशलाई कुनै तोडमोड नगरिकन पवित्र ढंगले तिमहानगुरुको संदेशलाई त्यही शैलीमामनुश्यतालाई बाँडिरहेका छन् ।
नेपालको अध्यात्मिकजागरणमा स्वामी अरुणको योगदानअतुलनीय रहेको छ । नेपालमाबिकसितभएकाअध्यात्मिक संस्थाहरुका संस्थापकहरु आफ्नो साधनाको सुरुवातको समयको कुनै न कुनै कालखण्डमा ओशो तपोबन र ओशो आशिषध्यान केन्द्रमाध्यान गरेका अथवा स्वामीआनन्द अरुणबाट दिक्षालिएको पाइन्छ । मनोक्रान्तिअभियानका संस्थापक डा.योगीविकाशनन्दले पनिलामो समय आशिषध्यान केन्द्र ताहचलमाध्यान गरेको उल्लेख गरेका छन् ।
नेपालमाअहिले लोकप्रियहुँदै गइरहेको जीवन विज्ञानका संस्थापकएलपीभानु शर्मा पनिदुई दशकभन्दा बढी ओशो सन्यासीको रुपमाओशो तपोबन र अन्यओशो आश्रमहरुमा साधना गरेका व्यक्तिहुन् । त्यसैगरी पथिक फाउन्डेसन संचालन गरि मातातिर्थ काठमान्डौ र देवघाटलगायतका ठाउँमा आश्रम स्थापना गरि ओशोको देशनालाई नयाँ ढंगबाट बाँडिरहेका डा.टीएन पथिकपनिओशो तपोबनमा स्वामीआनन्द अरुणबाट दिक्षितभईलामो समयसम्मतपोबनमा साधना गरेका व्यक्तिहुन् । लामो समयसम्मओशो धाराको आचार्य बनिअहिले ओशो जीवनजागृतिआश्रम सौराह र काठमान्डौमा ओशो बाटिका संचालन गरि ध्यान साधना गराइरहेका स्वामी मैत्रेय पनि स्वामीआनन्द अरुणबाट दिक्षितभइलामो समयसम्मओशो तपोबनमा साधना गरेका व्यक्तिहुन् । यसरी हेर्दा ओशो तपोबन र स्वामीआनन्द अरुण नेपालको अध्यात्म शिक्षणको पाठशाला हुन् । स्वामीआनन्द अरुणले ओशो तपोबनमा संसारका सबै सामान्यदेखि प्रतिष्ठित व्यक्तिहरुलाई बहुत सौहाद्रपुर्ण स्वागतगर्दछन ।
नेपालका राष्ट्रपति, अधिकांशपूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, पूर्वमन्त्रीहरु, पार्टीका नेताहरु, प्रतिष्ठित व्यक्तिहरुलाई स्वामी अरुणले ओशो तपोबनमाहार्दिक स्वागतगर्दछन् । पूर्वप्रधानमन्त्री स्व.कृष्णप्रसाद भट्टराई र नेपालकाबौद्दिक नेतास्व.प्रदिपगिरि त पटक पटकओशो तपोबन जान्थे । स्वामीआनन्द अरुण अहिले नेपालमाउच्चपदस्थव्यक्तिहरुको भरोसायोग्य र आशाजगाउने अध्यात्मिक गुरु हुन् । ओशो तपोबनमाजनमत पार्टीका अध्यक्षतथामधेशी नेता डा.सीके राउत, प्रतिनिधि सभाका सांसद सुनिलशर्माले स्वामीआनन्द अरुणबाट ओशोको नव सन्यासमादिक्षालिई ओशो सन्यासी बनेका छन् । उपप्रधानमन्त्रीभइसकेका नारायणकाजी श्रेष्ठ, पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेपालविद्युतप्राधिकरणका कार्यकारी निर्देशककुलमान घिसिङ, नेपाल सरकारका मुख्य सचिब डा.बैकुण्ठ अर्याललगायतकाउच्चपदस्थव्यक्तिहरु बेला बेलामा स्वामीआनन्द अरुणसँग सत्संगको लागिओशो तपोबन जाने गर्दछन् ।
स्वामीआनन्द अरुण ओशोको मृत्युको सन्दर्भमा प्रचलितभनाइहरु भन्दा केही फरक धारणा राख्ने व्यक्तिहुन् । ओशोको मृत्युको सम्बन्धमाउनले केही रहस्यमय कुराहरु उजागर गरेका छन् । स्वामीआनन्द अरुणको उक्तभनाइले ओशोको मृत्युलाई अझै रहस्यमयबनाइदिएको छ । उनले त्यो लगायतओशोसँग सम्बन्धित धेरै बिषयहरुसमेटिएको पुस्तक‘अनटोल्ड स्टोरी वीथओशो’लेख्दै छन् । बहुप्रतिक्षितउनको उक्त पुस्तक निकट भविष्यमाआउँदैछ ।
नेपालको अध्यात्मिक जगत र बिश्वओशो जगतमा स्वामीआनन्द अरुण एक महाननक्षेत्र हुन् । उनले ओशोको दुनियाँमा एउटा धारा विकसित गरेका छन् । स्वामीआनन्द अरुणको प्रभाव र योगदानको महत्वभविष्यमाअझ प्रगाढ हुँदै जानेछ । जय ओशो । जय भगवान ।
प्रतिक्रिया