उदयपुरमा चार वर्षीया बालिका बलात्कृत

उदयपुर - उदयपुरमा चार वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

बालिकालाई बलात्कार गरेको अभियोगमा कटारी नगरपालिका–३ हडिया बस्ने १६ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

किशोरले ती बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । घटनासम्बन्धी उजुरी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।