images

नेकपा एसको पोलिटब्युरो बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो कमिटीको बैठक आज बस्दै छ । सोमबार बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पोलिटब्युरो कमिटीको बैठक बस्ने प्रवक्ता जगननाथ खतिवडाले जानकारी दिए । 
उनको अनुसार बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल हुनेछ ।उनले भने,‘११ बजे एकीकृत समाजवादीको पोलिटब्युरो कमिटीको बैठक बस्दैछ । बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल हुनेछ ।’ 
बैठकमा पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिनेछ ।एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० सम्म हुँदै छ ।
 

सोमबार ३० बैशाख २०८१ ०९:२८ AM मा प्रकाशित

प्रतिक्रिया