काठमाडौँ - नेकपा एमाले निकट युवा–विद्यार्थीले १ जेठमा शक्ति प्रदर्शन गर्ने भएका छन् ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य कलेजबाट प्रज्ञा भवनसम्म मार्चपाससहित शक्ति प्रदर्शन गर्ने भएको हो ।
नेकपा एमालेविरुद्ध लागेको आरोपको प्रतिरोध गर्नका निम्ति शक्ति प्रदर्शन गर्न लागेको राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले जानकारी दिए ।
शक्ति प्रदर्शनमा दश हजार बढी सहभागिता हुने बताइएको छ ।