रास्वपाको बैठक बस्दै, केन्द्रीय सदस्य थप्ने 

काठमाण्डौँ - राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज दिउँसो बस्दै छ ।

दिउँसो तीन बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय समिति विस्तार गर्नेबारे छलफल हुनेछ ।

अहिले रास्वपाको केन्द्रीय समिति २४ सदस्यीय छ। केन्द्रीय समितिमा केही सदस्य थप्नेबारे आज निर्णय हुन सक्ने रास्वपाका एक पदाधिकारीले जानकारी दिए। आजको बैठकमा अन्य समसामयिक राजनीतिक विषयबारे पनि छलफल हुनेछ ।

यसैबीच रास्वपाले चितवन(२ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार प्राइमरी इलेक्सन गरेर छान्ने भएको छ ।

उक्त क्षेत्रमा यसअघि पार्टी सभापति रवि लामिछाने निर्वाचित भएका थिए । नागरिकता मुद्दामा उनको पद बदर भएपछि निर्वाचन आयोगले २०८० वैशाख १० गते चितवन(२ मा उपनिर्वाचन गर्दैछ ।