images

आज हरिबोधिनी एकादशी पर्व

 तुलसी र दामोदरको विवाह गरी मनाइँदै काठमाडौं । हरिशयनीएकादशीदेखि हरिबोधिनीएकादशीसम्म चार महिनाविष्णुकाभक्तले तुलसीको व्रत गरी विशेष पूजागर्दै आएकामाआजदामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ। एकादशीहरूमा सबैभन्दाठुलो एकादशीका रूपमालिइने हरिबोधिनीएकादशीप्रत्येक वर्ष कार्तिक शुक्लएकादशीकादिनमाभगवान् विष्णुको प्रतीकका रूपमातुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने गरिन्छ । आषाढशुक्लएकादशीअर्थात् हरिशयनीएकादशीकादिनमाक्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनीवाप्रवोधिनीएकादशीपनिभनिन्छ। जनविश्वास तथाधार्मिक परम्पराअनुसार आजको दिनभगवान् विष्णु उठ्नुहुन्छभन्ने छ । हरिशयनीएकादशीबाटचीर निद्रामा सुत्नुभएकाविष्णु भगवान् आजउठ्ने विश्वास भएकाले पनिआजको एकादशीलाई विशेष मानिन्छ । आजको दिनतुलसीको विवाहको दिनभनेर पनिचिनिन्छ । वैदिक सनातनहिन्दु धर्मशास्त्रमाआयुर्वेदमापनिमहत्त्वपूर्ण भूमिकाभएको तुलसीको बिरुवाको धार्मिक, सांस्कृतिक र वैज्ञानिक रूपमापनिनिकै महत्त्व रहेको छ । त्यसैले त हिन्दु धर्मालम्बीहरुले आआफ्नो घरमा पनितुलसीको मठबनाउने र त्यसलाई पूजा गर्ने गर्छन् । हरिशयनीएकादशीकादिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमागाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आजविवाह गरिने प्रचलनपनि रहेको छ । 
 

मङ्गलबार २७ कात्तिक २०८१ १०:२६ AM मा प्रकाशित

प्रतिक्रिया