काठमाडौं । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ।
गएरातिको अविरल वर्षापछि कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिकागाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो गएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएकोसडक डिभिजन कार्यालयकाजुम्लाले जनाएको छ ।
उक्त राजमार्गमा निरन्तर पहिरो खस्दा आवागमनमा कठिनाइ भएको छ । सडक डिभिजन कार्यालयले सडकको अवस्थाबुझेर मात्रयात्रा गर्न यात्रुहरुमाअनुरोध गरेको छ।
लगातार भारी वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्याभएको प्रहरीले जनाएको छ । अहिले पहिरो पन्छ्याउने कार्य भइरहेको भएपनियात्रुहरु समस्यामा परेका छन् ।
प्रतिक्रिया