काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा क्षेत्रको दलीयकरण अन्त्य भएको बताएका छन् ।
शुक्रबार प्रतिनिभिसभा बैठकमा विश्वासको मत लिने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले बैठकमा बोल्दै भने, ‘लामो समयसम्मको दलीयकरणले जताततै फोहोर थुप्रिएको विश्वविद्यालयहरूमा अब सफाइ सुरू भएको छ भन्ने मेरो दाबी छ ।’
साथै उनले विश्वविद्यालयको सुधार उपकुलपति नियुक्तबाटै नै गरेको बताए । उनले निकै छोटो समयमा त्यसको परिणाम पनि सकारात्मक आएको जिकिर गरे ।
उनले भने, ‘विद्यालयमा शिक्षकहरूको दलीय संलग्नतालाई कम गर्ने कुनैपनि पदाधिकारी राजनीतिक हस्तक्षेप बिना योग्यता र उपयुक्तताका आधारमा चयन गर्ने मानक फेरी भत्काइयो भने देश र जनताका लागि ठुलो घात हुनेछ । ’
साथै उनले शिक्षालाई रोजगारीसँग जोड्न र सामूदायिक विद्यालयलाई सक्षम र सबल बनाउन अहिले भइरहेका प्रयासहरूलाई कसैले नबिथल्न आग्रह गरे ।
प्रतिक्रिया