श्रमाधान रोजगार मेला ः जागिर खोज्ने र दिनेको भीड

काठमाडौं । ललितपुरमा भएको दुई दिने ‘श्रमाधान रोजगार मेला’मा बुधबार बेरोजगार र रोजगारदाताको भीड लागेको छ । रोजगारदाता र कामदारहरूको सम्पर्क स्थापित गराउनश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले बागमती प्रदेशस्तरीय रोजगार मेलाआयोजना गरेको हो । मेलाको मंगलबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उद्घाटन गरेकीथिइन् । पाटन बहुमुखी क्याम्पसमा भएको मेलामाजागिर खोज्ने र दिनेहरुको भीड लागेको छ । मेलामासरकारी र निजीगरी ८०भन्दा बढी क्षेत्रका रोजगार कक्ष राखिएका छन् । सातै प्रदेशमा सञ्चालन भएको मेलायही जेठ १७गते कोशीप्रदेशको विराटनगरमा प्रधानमत्री पुष्पकमलदाहालले उद्घाटन गरेका थिए । 
यस्तै, गण्डकीको पोखरामा, कर्णालीको सुर्खेतस्थित वीरेन्द्रनगर, सुदूरपश्चिमको धनगढी, लुम्बिनीको बुटवल अन्तर्राष्ट्रिय केन्द्र र मधेश प्रदेशको जनकपुरमा मेला गरिएको हो । ६ प्रदेशमा सम्पन्न भएपछि मेलाललितपुरमा सम्पन्नभएको छ । मेलाले रोजगारीको खोजीमा रहेका युवाका लागि निजीश्रेत्रसँग समन्वय गरेर रोजगारी प्रदान गर्ने, रोजगारीकालागि ज्ञान, सीप आर्जन गरेका युवालाई सीपको सदुपयोगबारे ज्ञान दिने लगायतकापक्षमा सहयोग गर्ने अपेक्षा मन्त्रालयको छ ।