अहिलेसम्म २१०० जनाको मृत्यु

गत शनिबार गाजाको अतिवादी इस्लामिस्ट समूह हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरू भएको इजरायल-हमास युद्धमा अहिलेसम्म २१०० मानिसको मृत्यु भएको छ। बिबिसीका अनुसार हमासले गरेको आक्रमणमा इजरायलमा १२ सय जनाको मृत्यु भएको छ भने गाजा ९ सय जना मानिस मारिएका छन्। इजरायलमा मृत्यु हुनेमा १० जना नेपालीसहित अरू धेरै मुलुकका विदेशी नागरिक पनि छन्। द न्युयोर्क टाइम्सका अनुसार हमासका लडाकुहरू इजरायलमा पसेर विभिन्न गाउँमा नरसंहार मच्चाएका थिए।