भोटाहिटीस्थित स्टोरमा आगलागी : ७ वटा दमकल प्रयोग गरेर निभाइयो

 काठमाण्डौँ - काठमाडौँ महानगरपालिका–२७ स्थित भोटाहिटीको एक स्टोरमा आगलागी भएको छ । भोटाहिटीस्थित मथुराम राकेश श्रेष्ठको घरको पाँचौ तलामा रहेको स्टोरमा आगो लागेको हो । 

 ७ वटा दमकलसहित नेपाली सेना, प्रहरी र स्थानीयहरू मिलेर आगलागी नियन्त्रणमा लिएका थिए। त्यहाँ कपडा र भाँडाकुडाको स्टोर थियो । सो स्टोर मोहम्मद रयामास्दले सञ्चालन गरेका हुन् ।   क्षतिको विवरण भने आउन बाँकी छ ।