‘जिउँदा शहीद’ मुकेश कायस्थको निधन

काठमाडौँ - २०६२÷०६३ को जनआन्दोलनका ‘जिउँदा शहीद’ मुकेश कायस्थको बुधबार साँझ निधन भएको छ ।

बनेपाको शीर मेमोरियल अस्पतालमा उपचारका लागि भर्ना गरिएका उनको अस्पतालमा निधन भएको हो ।

२०६२ साल चैत २७ गतेको आन्दोलनका क्रममा कायस्थलाई बनेपामा गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए ।