चक्कु प्रहारबाट एक युवकको मृत्युपछि धादिङको गल्छीमा तनाव


धादिङ - धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएपछि धादिङको गल्छी क्षेत्रमा तनाव उत्पन्न भएको छ । चक्कु प्रहारबाट गल्छी गाउँपालिका–८ का २८ वर्षीय विनोद थापा मगरको मृत्यु भएको थियो ।

थापाको हत्या भएको भन्दै स्थानीयबासिन्दाले गल्छी नुवाकोट त्रिशुली सडक खण्ड अवरुद्ध गरेका छन् ।