images

आज अमेरिकी डलर स्थिर, पाउण्ड र युरोको भाउ बढ्यो 

काठमाडौं । नेपाल राष्ट्र बैंकलेआजकालागितोकेको विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलर र कतारी रियाल स्थिर हुँदा पाउण्ड र युरोको मूल्य भने बढेर आएको छ । 
राष्ट्र बैंकका अनुसारशुक्रबारको तुलनामा शनिबारअमेरिकी डलर स्थिर छ । आज डलरएकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसामा कारोबार भैरहेको छ ।
त्यस्तै, आज युरोको भाउ बढेको छ । आज युरो एककोखरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३० पैसा पुगेको छ । शुक्रबार युरो एककोखरिद दर १४३ रुपैयाँ ०४ पैसा र बिक्री दर १४३ रुपैयाँ ९६ पैसामा कारोबार भएको थियो । 
आज बेलायती पाउण्ड समेत बढेर खरिद दर १६७ रुपैयाँ र बिक्री दर १६७ रुपैयाँ ७५ पैसा पुगेको छ ।शुक्रबार पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०८ पैसा र बिक्री दर १६६ रुपैयाँ ८३ पैसा रहेको थियो । 
आज कतारी रियालकोखरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

शनिबार २८ बैशाख २०८१ ०८:२४ AM मा प्रकाशित

प्रतिक्रिया