श्री एयरलाइन्सको प्रतिबन्ध फुकुवा, आजदेखि नियमति उडान भर्ने

काठमाडौँ - श्री एयरलाइन्सले शनिबारदेखि नियमित उडान गर्ने भएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले शुक्रबार श्री एयरलाइन्सको जहाजको इन्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको थियो ।

प्राविधिकरणको विज्ञ टोलीले जाँच गरेपछि श्री एयरलाइन्सले पुनः उडान अनुमति पाएको हो । टोलीले उडानमा रहेका श्रीका सबै जहाजको प्राविधिक जाँच, इन्जिनियरिङ अपरेसन, सुरक्षा तथा कम्पनीको वित्तीय स्थिति र प्रशासनिक क्षमतासमेतको अध्ययन गरेको थियो । जहाजमा कुनै समस्या नदेखिएपछि प्राधिकरणले प्रतिबन्ध फुकुवा गरेको हो ।