काठमाडौं - उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका दुई जनाले उम्मेदवारी दिएका छन् । आज शनिबार नयाँ बानेश्वरस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर जसपाका प्रमिला कुमारी यादवले पनि उम्मेदवारी दिएकी हुन् ।
जसपाकै रामसहायप्रसाद यादवले पनि उपराष्ट्रपतिमा आज उम्मेदवार दिएका छन् । उम्मेदवारको मनोनयनपत्र दर्ता गरेका दुवै जना जसपाकै हुन् ।
निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि राष्ट्रपतिको भन्दा फरक लिंग वा समूदायको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको छ। सोही कारणले जसपाले महिला उम्मेदवार उठाएको बताइएको छ ।
सत्ता गठबन्धनले उपराष्ट्रपतिमा साझा उम्मेदवारमा सहमति जुटाउन नसकेपछि तीन जनाको उम्मेदवारी परेको छ । जसपाका दुई जनाले उम्मेदवारी दिएका छन् भने गठबन्धनकै जनमत पार्टीले ममता झालाई पनि उम्मेदवार बनाएको छ ।