तेश्रो बंगबन्धु कप : कबड्डी प्रतियोगितामा सहभागी हुन खेलाडी बंगलादेश जाँदै

 


काठमाडौँँ - तेश्रो बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ पुरुष खेलाडीसहित १५ सदस्यीय नेपाली कबड्डी टोली शनिबार बंगलादेशको ढाका जाने भएको छ ।

शुक्रबार एक कार्यक्रमबीच टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापाले बिदाइ गरे ।

खेलाडीहरूमा लालमोहर यादव, नागेश्वर थारू, प्रवीण खड्का, कुमार लामा, बन्धु राना, रामु टमाटा, घनश्याम रोक्का मगर, विनोद तामाङ, सवीन बोहजु, सागर चौधरी, पशुपति शाह र सरमन प्रजापति रहेका छन् ।