images

यी ६ प्रदेशमामुसलधारे वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं । जलतथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमानमहाशाखाले हाल देशभर मनसुनीवायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यूनचापीयरेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाकाअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमप्रदेशकाएकदुई स्थानमाहल्का वर्षा भइरहेको छ । आजदेशभर आंशिकदेखि साधारणतया मौसम बदली रहने छ । कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमप्रदेशका केही स्थानतथामधेश र गण्डकी प्रदेशकाथोरै स्थानमा मेघगर्जन र चट्याङसहितहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमप्रदेशकाथोरै स्थानतथा कोशी, बागमती र गण्डकी प्रदेशकाएकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ । आज रातिदेशभर आंशिकदेखि साधारणतया मौसम बदली रहने छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमकाथोरै स्थानतथा कोशीप्रदेशकाएकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमप्रदेशकाथोरै स्थानतथा कोशी, बागमती र गण्डकी प्रदेशकाएक÷दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमाहुनसक्ने गेग्रानबहाव, बाढीपहिरो तथाभूक्षय जस्ता प्रकोपको जोखिमवा क्षतिबाट बच्नमहाशाखाले सबैमा अनुरोध गरेको छ ।
 

शनिबार २६ साउन २०८१ १०:१७ AM मा प्रकाशित

प्रतिक्रिया