images

‘साहु बा’मासाढे तीनभन्दा बढी कलाकार

काठमाडौं । प्रेम, विश्वासघात र प्रतिशोधको कथा समेटिएको वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिकभएको छ । ३ सय ५० जनाभन्दाबढी कलाकारको अभिनय रहेको यो सिरिजको टिजर सोमबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
सुजय योङनिर्देशितसिरिजमाप्रियंकाकार्की, कविता नेपाली, विजु पार्की, नम्रताश्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमितगिरी, सरितागिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीपबास्तोलालगायतकाकलाकारको अभिनय छ । प्रियंकाकाअनुसार उनले यो सिरिजकालागितीनवर्षभन्दा बढी समय दिएकीथिइन् ।
एपीवानटेलिभिजन र म्युजिक नेपालद्वारा सञ्चालितओटिटी प्लेटफर्म ‘मोमो म्युजिक एण्ड मूभिज’एपमासिरिज रिलिजहुनेछ ।
फ्रेमइन मोसन र म्युजिक नेपालको प्रस्तुतिमानिर्माण भएको सिरिज २४ भागको छ । हरेकभाग एक घण्टाको रहेको सिरिजमाआयुष्मान देशराज जोशी, संगम राई र अनिस तामाङको छायांकन छ ।
सिरिजमा सुजयकै कथा, पटकथा तथा संवाद छ । ‘मैले सिरिजको स्क्रिप्ट लकडाउनको बेलातयार पारेकोथिएँ । यो सिरिज नेपालीदर्शककालागि फरक स्वादको हुनेछ,’उनले भने । एक्सन र क्राइम जनरामानिर्मित सिरिजमा प्रेम लामा र राजु तामाङको एक्सन, कुनालकुँवरको कलर, सागर आले, मिस्टर डी र उजनशाक्यको गायन, सिर्जना पौडेलको मेकअप र रामप्रसाद चौधरी र चन्दनदत्तको सम्पादन रहेको छ ।

सोमबार २७ जेठ २०८१ ०८:०४ PM मा प्रकाशित

प्रतिक्रिया