images

चेम्बर टोलीओलीनिवासमा, शिथिल अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनआग्रह


काठमाडौं ।नेपाल चेम्बर अफकमर्सको पदाधिकारी टोलीले एमाले अध्यक्ष केपीशर्मा ओलीसंग भेटवार्ता गरेको छ ।
चेम्बरले अर्थतन्त्रको वर्तमानअवस्थाबारे अध्यक्षओलीलाई ध्यानाकर्षण समेत गराएको छ । चेम्बर अध्यक्षकमलेश कुमार अग्रवाल, निर्वतमानअध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्षएवं चेम्बर सल्लाहकार परिषदकाअध्यक्ष राजेशकाजीश्रेष्ठ एवं चेम्बरका पदाधिकारी टोलीले भक्तपुरको बालकोटस्थित निवासमाओलीसंग भेटवार्ता गरेको हो ।
अर्थतन्त्र शिथिलताबाट गुज्रिरहेको भन्दै सरकारको नीतितथाकार्यक्रम र बजेट मार्फत सम्वोधन गर्नुपर्ने विषयमा चेम्बरले एमाले अध्यक्षओलीको ध्यानाकर्षण गराएको हो ।अध्यक्षअग्रवालले अर्थतन्त्रमाआएको मन्दीले निजी क्षेत्रको सम्पत्तिमा ५० प्रतिशत सम्मको गिरावट आएको बताए ।
शिथिलअर्थतन्त्रलाई ट्रयाकमा ल्याउनआर्थिक र वित्तीयनीतिमा सहजीकरण गर्नुपर्ने अध्यक्षअग्रवालको भनाई छ । वित्तीय र मौद्रिकनीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमानएवं निजी क्षेत्रको मनोवलउकास्नुपर्ने बेलाआएको अध्यक्षअग्रवालले धारणा राखे । 
उनले भने, ‘विगतमालिएका संकुचितनीतिहरुका कारणले अर्थतन्त्रहालशिथिलअवस्थामापुगेको छ । व्यापार असहजीकरण, शेयर बजारको संकुचन, घरजग्गाकारोबारमा सुस्ततालगायतका कारणले आर्थिक गतिविधीखुम्चिएको छ, सरकारको नीतितथाकार्यक्रम अर्थतन्त्रलाई चलायमान गराउने गरी आउनआवश्यक छ ।’
आयकर ऐन २०५८ का अधिकांशप्रावधानहरु स्पष्ट नहुँदाअन्तशुल्क, भन्सार आदिमा पछिल्लो समय भूतप्रभावीदायित्वहरु देखा परेको भन्दै अन्त्य गर्न चेम्बरले अध्यक्षओलीको ध्यानाकर्षण समेत गराएको छ । चेम्बरअध्यक्षअग्रवालले सहकारी क्षेत्रमा देखिएको वेथितिअन्त्यकालागिअविलम्वपहल गर्नपनिअध्यक्षओली समक्षआग्रहगरे । 
चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सहकारी क्षेत्र समस्याग्रस्त हुँदा साना, मझौलाउद्यमीव्यवसायीहरु पीडित भएका छन । सहकारी क्षेत्रको समस्याअविलम्व समाधानहुनुपर्दछ, ।
विगतमा चरम आर्थिक मन्दीका कारण पीडित उद्यमीव्यवसायीहरुलाई कुनै जरिवानालाग्ने अवस्थाआएमा पुर्ण छुट दिने व्यवस्था गर्नुपर्ने धारणा चेम्बरले राखेको छ । यस्तै करका कारण विवादित मुद्धाहरुको यथाशिघ्र समाधानकालागि कर व्यवस्थापनआयोग गठन गर्न पनि चेम्बरले माग गरको छ ।
चेम्बर पदाधिकारीसंगको भेटका क्रममाएमाले अध्यक्षओलीले राष्ट्रिय हितलाई सर्वोपरी ठानेर सरकारले नीतितथाकार्यक्रल्याउने बताए । निजीक्षेत्रको समस्या समाधानकालागिआफुले पहल गर्ने अध्यक्षओलीले बताए । 

शुक्रबार​ २८ बैशाख २०८१ ०३:५२ PM मा प्रकाशित

प्रतिक्रिया