महाराष्ट्रमा टहरो माथि रुख खस्दा ७ जनाको मृत्यु

एजेन्सी- भारतको महाराष्ट्रमा एउटा रुख ढलेर कटेजको छानोमा खस्दा कम्तीमा ७ जनाको मृत्यु भएको छ। ३० जनाभन्दा बढी घाइते भएका छन्। 

महाराष्ट्रस्थित  पारस गाउँमा एउटा धार्मिक कार्यक्रममा सहभागी हुन गएका झण्डै ४० जना कटेजभित्र बसिरहेका बेला रुख ढलेर छानोमा परेको हो। केही व्यक्ति गम्भीर घाइते रहेको अकोला प्रहरीले जनाएको छ। घटनाको जानकारी पाउनासाथ स्थानीय बासिन्दा र बालापुर प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य थालेका थिए । 

कटेजमा करिब ४० जना मानिस उपस्थित थिए, जसमध्ये ३६ जनालाई अस्पतालमा भर्ना गरिएको थियो र तीमध्ये चार जनाको मृत्यु भएको थियो, पछि मृतकको संख्या सात पुग्यो र एकजना गम्भीर घाइते छन्।