images

राष्ट्रिय सभा बस्दै, बैठकले अध्यक्षको निर्वाचन समय र स्थान तोक्ने

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ।बैठकले फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बोलाइएकोछ । आइतबारको बैठकमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने पहिलो कार्यसूची छ। यस्तै, बैठकमा राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनका लागि मिति र समय पनि तोकिने संघीय संसद सचिवालयले जनाएको छ । अध्यक्षले विषयगत समितिमा रहेका सदस्यहरुको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूचीमा उल्लेख छ । तर, सभाका अध्यक्षको पद रित्त रहेकाले उत्त कार्य उपाध्यक्ष उर्मिला अर्यालले गर्नेछिन् । यसअघि माघ २१ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक फागुन २९ गते अध्यक्षको चुनाव गर्ने र त्यसका लागि फागुन २७ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको दिन र समय तोक्ने कार्यसूची बनाएको थियो। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २० फागुनमा सकिएको छ  । राष्ट्रियसभाका रिक्त २० सिटमध्ये १९ सिटका लागि माघ ११ गते निर्वाचन भई नयाँ सदस्य चयन भएर आइसकेका छन् । अध्यक्ष पदका लागि नेकपा माओवादी र उपाध्यक्षनेकपा एमालेले लिने गरी राजनीतिक सहमति भैसकेको छ । माओवादीले अध्यक्षको नाम आजै टुंग्याउने तयारी गरेको छ । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि पनि छलफल गर्ने कार्यसूचीमा उल्लेख छ ।
 

आइतबार​ २६ फागुन २०८० ०९:३९ AM मा प्रकाशित

प्रतिक्रिया