जर्मनीकाे एक चर्चमा गाेली चल्दा सात जनाकाे मृत्यु

जर्मनी - जर्मनीको ह्यामबर्ग सहरको अल्स्टरडोर्फ स्थित एक चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गाेली चलाउँदा सात जनाकाे मृत्यु भएकाे छ।

साे गाेलीकाण्डमा परि८ जना घाइते भएका छन्। आक्रमणकारीको खोजी कार्य जारी रहेको र अहिलेको अवस्थामा प्रभावित क्षेत्रका स्थानीयलाई घर बाहिर ननिस्कन प्रहरीको उर्दी जारी गरेकाे छ। यो घटना स्थानीय समय अनुसार रातको ९ बजे भएकाे हाे।