images

दक्षिण अफ्रिकासँगभारत६१ रनलेविजयी

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी–२० क्रिकेटमा भारत विजयीभएको छ । चार खेलको सिरिजमाभारत ६१ रनले विजयीहुँदै १–०को अग्रतालिन सफलभएको हो । टस हारेर पहिले ब्याटिङ रोजेको भारतीय टोलीले सञ्जु सामसनको १०७ रनको विस्फोटक इनिङ्सले २० ओभरमा ८ विकेट गुमाएर २०२ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिकाले १७दशमलव ५ ओभरमा १४१ रन मात्रबनाउन सक्यो । लक्ष्य पछ्याउने क्रममा घरेलु टोलीलाई पहिलो ओभरमा अर्शदीप सिंहले पहिलो झटका दिएकाथिए । उनले कप्तान एडेनमार्करामलाई आफ्नो शिकार बनाए । उनले आठ रन मात्रै बनाउन सके । यसपछि चौथो ओभरमा आवेश खानले ट्रिस्टन स्टब्सलाई आउट गरे । उनीपनि ११ रन बनाएर प्याभिलियनफर्किए । यसबाहेक रायन रिक्लेटन पनि २१ रन बनाएर आउट भए । ४४ रनको स्कोरमा तीनविकेट गुमाएको दक्षिण अफ्रिकालाई लामो र बलियो साझेदारीको खाँचो थियो । यस्तो अवस्थामा हेनरिक क्लासेन र डेभिड मिलरले जिम्मेवारी लिए । दुवैबीच चौथो विकेटका लागि ४२ रनको साझेदारी भएको थियो । जसलाई वरुण चक्रवर्तीले तोडेका थिए । उनले एउटै ओभरमा दुवैलाई आउट गरे । क्लासेन २५ रन र मिलर १८ रन बनाएर आउट भए । यसबाहेक प्याट्रिक क्रुगरले एक, मार्को जेन्सेनले १२, एन्डिले सिमेलेनले ६, जेराल्ड कोएट्जीले २३, केशवमहाराजले पाँच र पिटरले पाँच ८ रन बनाए । भारतकालागि वरुण र रविबिश्नोईले तीन–तीनविकेट लिएभने आवेश खानले दुई विकेट लिए । अर्शदीप सिंहले एक विकेट हातपारेका थिए । टस हारेर पहिले ब्याटिङमा आएको भारतीय टोलीले सामान्य सुरुवात गरेको थियो । सन्जु सामसन र अभिषेक शर्माबीचपहिलो विकेटका लागि २४ रनको साझेदारी भएको थियो । कोट्जेले भारतको साझेदारी तोडेका थिए । उनले ७ रन बनाएकाअभिषेकलाई पहिलो विकेटको रुपमा आउट गरे । त्यसपछि सूर्यकुमार यादवले सञ्जुसँग दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए । कप्तानयादव १७बलमा २१ रन बनाएर आउट भए ।त्यसपछि तिलकवर्माले सामसनलाई साथदिए । यीदुईबीच७७ रनको साझेदारी भयो । तिलक ३३ रन बनाएर आउट भए ।विकेटकिपर ब्याट्सम्यान सामसनले ४७बलमाशतकबनाए । उनको टी–२० अन्तर्राष्ट्रिय करियरको यो दोस्रो शतकहो । उनले लगातार दोस्रो खेलमाशतकप्रहार गरे । भारतकालागिहार्दिक पाण्ड्याले २ रन, रिंकु सिंहले ११ रन, अक्षर पटेलले ७ रन, रविबिश्नोईले एक रन र अर्शदीप सिंहले ५ रन बनाए । दक्षिण अफ्रिकाका गेराल्ड कोएट्जीले ३ विकेट लिए । यसबाहेक मार्को जेनसेन, केशवमहाराज, पिटर र क्रुगरले एक–एक विकेट लिए । भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टी–२० आइतबार हुने छ ।
 

शनिबार २४ कात्तिक २०८१ ०८:०७ AM मा प्रकाशित

प्रतिक्रिया