images

भारतमा रहेका प्रवासी नेपालीको समस्या र समाधानको उपाय

नेपाल भारत दुई देश बिच घनिष्ट मित्रबर छिमेकीको सम्बन्ध रहेपनि प्रवासी नेपाली  हरुले भोग्दै आयका समस्या भन्य जियूका तियू छन नेपाल सरकारले पहल नै नगरेको कि भारतले नटेरेको
(१) नेपाली हरुको बाक्लो उपस्थिति र कार्यरत रहेको सहर कृर्नाटका राज्य बौलर तामिलनाडु राज्य केरल राज्य आन्द्रा प्रदेश राज्य हरु रहेकाछन यो क्षेत्रमा झन्डै नेपाली हरुको २५ लाख को हाराहारी मा नेपाली हरुको बाक्लो बसबास रहेको छ नेपाल को ७७ जिल्ला कै मान्छे छन  तर यो क्षेत्रमा ज्यादातर शुदुरपश्चिम र कर्णाली प्रदेशको को जनसमुदाय को बाक्लो उपस्थिति रहेको छ तेकारण बौंलर सिट्टी देखि नेपाल धनगढी सम्मको लागि हवाई मार्ग खोल्न नेपाल सरकारले ले पहल कदमि अगाडि बडाईदिन मागगर्दछु ।
(२) प्रवासी नेपाली श्रार्मिक वर्गको हकहितमा नेपाल सरकारले कुनै कसुर नछोडी कामगर्नेछ भन्य बिस्वासमा छु नेपाली श्रार्मिक वर्गले भारत मा दुईपाङग्रे चार पाङ्ग्रे यातायात का साधान हरु पर्योगमा ल्याई जिबिकाआर्जन गरिरहेका छन यो संख्या ७५ लाख नेपालीको रहेको छ बिदेशी बाहानहरु नेपाल भित्र्याउदा नेपाल सरकारले ८४ प्रतिशत ट्याक्सा लगायर श्रार्मिक वर्गलाई निजिगाडीको सपना जिवन भर अधुरोरहने भयकाले प्रवासी नेपाली हरुले भारत मा आफ्नो नाममा लियको गाडी १० प्रतिशत ट्याक्सा तिरेर नेपालमा रोडपर्मेट पाउनसक्ने बाताबरण मिलाईदिन हुन हार्दिक अनुरोध गरिन्छ दलाल पुजिपति शामन्त हरुको कालो कानुनलाई संसोधन गरि श्रार्मिक मजदुर वर्गको हितमा ल्याउन नेपाल को गणतन्त्रान्त्रीक सरकारलाई  हार्दिक अनुरोध गर्दछु ।
(३) नेपाली हरुको भारतको हरेक जिल्ला शहर हरुमा बाक्लो उपस्थिति रहेका ले यातायातको को निकै ठुलो समस्या रहेको छ नेपाली हरु हरेक यातायात को स्थलगत मार्गमा लुटिदै रितिदै नाङ्गो नेपाल पुग्ने गरेको छ तेसकारण भारत को हरेक राज्य बाट  नेपाल भारत मैत्रीपूर्ण बस शेवा सन्चालनमा ल्याउनू पर्ने भयकाले पार्टी नेतुत्वले यस बिषयमा नेपाल सरकार र भारत सरकार बिच समनय गर्दै दूईदेश बिचको सम्झौता र मैत्रीपूर्ण बस सेवा  कार्यनयन मा ल्याउन तिर नेपाल सरकार को गम्भीर ध्यानाकर्षण गर्दछौं ।


अम्मर बिष्ट
केन्द्रीय उपाध्यक्ष
प्रवासी नेपाली एकता मञ्च भारत 

मङ्गलबार २५ असार २०८१ ०३:०१ PM मा प्रकाशित

प्रतिक्रिया