काठमाडौं । नेपालीकांग्रेसका सांसद रमेश लेखकले सरकार विपद्को समयमाजनताप्रतिउत्तरदायीनभएको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद लेखकले मनसुनी वर्षासँगै आएको बाढी पहिरोमा परी घाइते भएकानागरिकहरु उपचार र प्रभावितलाई रहतकालागि सरकारले गरिरहेको प्रयासबारे जानकारी नभएको बताए ।
उनले भने, ‘बाढी पहिरोमा परि घाइते भएकानागरिकहरुकोउपचार र प्रभावितलाई रहतकालागि सरकारले के गरिरहेको छ भन्ने विषयअझै पनिजानकारी गराएको छैन । यो दुखको विषयहो ।प्रधानमन्त्री र मन्त्रीज्यूहरु संसदमाउपस्थितिजनाइरहनुभएको छैन । सरकारले विश्वासको मत लिने तयारी गरिरहनुभएको छ । संविधानअनुसार सरकारले विश्वासको मत लिनुपर्नेमा केहीदुविधा छैन । सरकारले तीस दिनसमयलिओस् । सरकारमा हुँदादेश र जनताप्रतिउत्तरदायीभइदिनुपर्यो ।’
लेखकले देशभर आएको बाढी र पहिरोमा परि ७४ जनाको मृत्यु, ६ जना वेपत्ता र ८६ जना घाइते भएको उल्लेख गर्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
‘अविरल वर्षाका कारण देशभर बाढी र पहिरो गइरहेको छ । प्राप्तजानकारी अनुसार ७४ भन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ । ६ जनाभन्दा बढी वेपत्ताभएको स्थिति छ । ८६ जना घाइते भएका छन् । ठुलो संख्यामा जन र धनको क्षतिभएको छ । कञ्जनपुरमा पनि यो वर्षपनिऔसतभन्दा बढि वर्षा भइरहेको छ । म सम्माननीय सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । जिल्लाको कृष्णपुर र पुनर्वास गाउँपालिकालगायतका क्षेत्रमा ठुलो धनजनको क्षतिभएको छ । देशभरिमा हजारौं मानिसहरु विस्थापितभएका छन् । अर्वौ रुपैयाँ बराबरको क्षतिभएको छ,’ उनको भनाइ छ ।
प्रतिक्रिया