बाढी पहिरोका कारण १९ ठाउँमा सडक अझै पूर्ण अवरुद्ध
काठमाडौं । गतशुक्रबारदेखि सोमबारसम्मको अरिवरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण विभिन्न१९ ठाउँका सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् ।
सडक विभागको रिपोर्ट अनुसार, संखुवासभा, लमजुङ्, गुल्मी, स्याङ्जा, सिन्धुपालचोक, कालिकोट, सिन्धुली, धनकुटा, बागलुङ, डोटी, दाङको विभिन्न सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएकाहुन् । यस्तै ११० ठाउँका सडक एकतर्फी रुपमा सञ्चालनमा छन् ।
सडक विभागकाअनुसार यो वर्ष मनसुन सुरुभएदेखि अहिलेसम्म सडक क्षेत्रमा ९८ करोडभन्दा बढीको क्षतिभएको छ।
बाढी, पहिरो र डुबानले सडक अवरुद्ध हुँदाकतिपय ठाउँमा यात्रु बाटोमै अलपत्र परिरहेका छन् ।
यो वर्षको मनसुन सुरु भएयता बाढी, पहिरो लगायतकाविपद्मा ७४ जनाको मृत्यु भएको छ। यो अवधिमा गण्डकी प्रदेशमा २२ जना, कोशी र लुम्बिनीप्रदेशमा १८÷१८ जना, बागमती, सुदूरपश्चिम र कर्णालीप्रदेशमा ४÷४ जना र मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ।
विपदमा ५ जनाबेपत्ताभएका छन् भने ८८ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिमन्युनीकरण तथाव्यवस्थापनप्राधिकरणका अनुसार विपदमा परेर अहिलेसम्म दुई हजार दुई सय ९६ परिवार विस्थापितभएका छन् ।
प्रतिक्रिया