काठमाडौं । सोमबार चालु आवका लागि भुक्तानी दिने अन्तिम दिन भए पनि निर्माण व्यवसायीले पाउने रकम भुक्तानी नपाएको गुनासो गरेका छन् । व्यवसायीहरुका अनुसार नयाँ र पुरानो गरेर करिब ६० अर्ब रुपैयाँभुक्तानीलिनबाँकीभएपनि सरकारी अधिकारीहरुले आफू निकटकालाई केही रकममात्रभुक्तानी गरेको छन् ।
सरकारले स्रोत सुनिश्चितता देखि अन्यवहाना बनाएर भुक्तानी रोक्दै आएको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले भुक्तानीमा सहजीकरण नगरेको बताए ।
‘केही भुक्तानी भएको छ तर सरकार निकट वाकर्मचारी निकटका व्यवसायीहरुको न्यून रकम मात्र भुक्तानी भएको छ । मन्त्रीज्यूले मैंले काम रोकेको छैन भन्नुहुन्छ, मन्त्रालयका सचिवज्यूले कर्मचारीलाई काम लगाउन सकिएन भन्नुहुन्छ । हामीलाई अलमल्याउने कामभइरहेको छ,’अध्यक्ष सिंहले नेपालन्यूज बैंकसँगको कुराकानीमा भने ।
‘सडकबाट १३ अर्बको रकमान्तर भएको छ । सिंचाइ, खाने पानी लगायतबाट पनिकाम अघि बढेको छ तर मन्त्रालयहरुले काम गरिररहेका छैनन्,’ उनले भने । उनकाअनुसार व्यवसायीहरुको एउटा टोली सोमबार प्रधानमन्त्रीपुष्पकमलदाहाललाई भेट्न गएको थियो ।
प्रधानमन्त्री दाहालले अर्थसचिवमधुकुमार मरासिनीलाई टेलिफोन गरी भुक्तानीको व्यवस्था गर्न निर्देशनदिएकाथिए । तर, सचिव मरासिनीले स्रोत सुनिश्चितता र कर्मचारीलाई काम लगाउन नसकेको जवाफ फर्काएका थिए ।
व्यवसायीले गतशुक्रबार अर्थमन्त्री वर्षमानपुनसँग भेट गरी असारभित्र नै भुक्तानी गर्न आग्रह गरेका थिए । भेटमा मन्त्रीपुनले असारभित्रै भुक्तानी गर्ने प्रतिवद्धता जनाएकाथिए । तर प्रक्रियापुर्यार गरेको कामको समेत भुक्तानीनभएको गुनासो गरे ।
सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनभएर म्यादथप भएपछि राज्यले निर्माण व्यवसायीलाई नयाँ–पुरानो गरी ६० अर्ब रुपैयाँ भुक्तानीदिन बाँकी रहेको सिंहको दाबी छ ।
प्रतिक्रिया