काठमाडौँ - सरकारले अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको योगदान बढाउने विभिन्न कार्यक्रम ल्याए पनि ती सबै असफल भइसहेका छन् ।
चालु आर्थिक वर्षमा यस क्षेत्रको वृद्धिदर २.०४ प्रतिशतले ऋणात्मक रहने राष्ट्रिय तथ्यांक कार्यलयले प्रक्षेपण गरिसकेको छ । अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ मा संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटले पनि उत्पादनमूलक उद्योगमा लगानी बढ्न तथा रोजगारी बढाउन सक्ने खालको कार्यक्रम समेट्न सकेको छैन् ।
यस्तो अवस्थामा आगामी वर्ष वैदेशिक व्यापार घाटाको दायरा झनै फराकिलो हुने देखिएको छ । उत्पादनमूलक क्षेत्रसँग संग्लन उद्योगी व्यवसायी तथा अर्थशास्त्रीहरु अहिलेको प्रयासले अर्थतन्त्रमा उत्पादनशील क्षेत्रको योगदान बढाउन नसकिने र यसले समग्रमा निर्यात व्यापारसमेत प्रभावित बन्ने बताउँछन् । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।