images

यार्सा संकलन क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु

मुगु ।मुगुमकार्मारोङगाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु भएको छ ।
जुम्लाकोपातारासीगाउँपालिका–३ का अन्दाजी २५–२६ वर्षीय सुर्जबहादुर रावतको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
यार्सागुम्बा टिप्न पाटनतर्फ जाँदै गर्दा लेक लागेर बिरामी भएपछि पुलु स्वास्थ्य चौकीमुगुमाल्याइएकाउनलाई थपउपचारका लागिमुगु जिल्ला अस्पतालतर्फ ल्याउँदै गर्दा उनको मृत्यु भएको डीएसपी वीरेन्द्र थापाले बताए ।
जिल्लाअस्पतालमापोष्टमार्टमपछि अन्त्येष्टिका लागिशवआफन्तले बुझिसकेको प्रहरीले जनाएको छ ।
यार्सा टिप्न जाँदाहाईअल्टिच्युडका कारण लेक लागेर बिरामीहुने र तत्कालै उद्धार तथाउपचार नहुँदाबर्सेनि यार्सा पाटनहरुमा संकलकहरुले ज्यानगुमाउँदै आएका छन् ।
गतवर्ष मात्रयार्सा टिप्न मुगुका पाटनहरुमा पुगेका ३ जनाको हिमपहिरोमा परेर मृत्यु भएको थियो ।
यो वर्ष मुगुमकार्मारोङगाउँपालिकाले आगामी जेठ १५ गतेबाट यार्सा टिप्नका लागिमुगुकादुईदर्जनभन्दा बढी पाटनहरु खुल्ला गर्ने जनाएको छ ।

बिहीबार २७ बैशाख २०८१ १०:१३ PM मा प्रकाशित

प्रतिक्रिया