भारतको मध्यप्रदेशमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु, २५ घाइते

एजेन्सी - भारतको मध्यप्रदेशमा एउटा यात्रु बस पुलबाट नदीमा खस्दा १५ जनाको मृत्यु भएको छ ।

१५ जनाको शव भेटिएको मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले बताउनुभएको हो । दुर्घटनामा २५ जना घाइते भएका छन् । मध्यप्रदेशको खरगोन भन्ने ठाउँमा दासंगा र डोगरगाउँ जोड्ने पुलको रेलिङ भाचेर बस बैराड नदीमा खसेको थियो ।

मृतकका परिवारलाई ४–४ लाख रुपैयाँ मध्यप्रदेश सरकारले दिने भएको छ । साथै गम्भीर घाइतेलाई ५०–५० हजार तथा सामान्य घाइतेलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग दिने निर्णय मध्यप्रदेश सरकारले गरेको छ ।