images

आठौं पोखरा स्पोर्ट्स अवार्डको तयारी पुरा

पोखरा । नेपाल खेलकुदपत्रकार मञ्च गण्डकीको आयोजनामाहुने आठौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० को तयारी पुरा भएको छ । 
आयोजकले बिहीबार पोखरामापत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारी अनुसार अवार्ड समारोह भोलि (शुक्रबार) दिउँसो ठिक २ः४५ बजेदेखि पोखरा सभागृह हलमा सुरु हुनेछ ।
वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्थावाक्लब र  वर्ष उत्कृष्ट खेल पत्रकार गरेर ७विधामा अवार्ड प्रदान गरिने मञ्चकाअध्यक्षतथामुलआयोजक समितिका संयोजकदीननाथ बरालले बताए । यि मध्येमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी गरेर चारवटा विधाको उत्कृष्ट तीनमनोनयन सार्वजनिकभइसकेको छ ।
जस अनुसार वर्ष खेलाडी पुरुषविधामाक्रिकेटका अर्जुन कुमाल, टेनिसकाप्रदीप खड्का र भलिबलकाहिमाल सुनारी मनोनयनमा परेका छन् । वर्ष खेलाडी महिलाविधामाआर्चरीकीअनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटिएफ तेक्वान्दोकी सुस्मिताथापा मगर छन् ।  वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिलाहुन सफल खेलाडीले टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटर र ट्रफी हातपार्ने अध्यक्ष बरालले खुलाए ।
१७वर्ष मुनिका खेलाडीबीच प्रतिष्पर्धा हुने उदीयमान खेलाडी विधामाक्रिकेटकी ज्योत्सनिका मरासिनी, ब्याडमिन्टनकी दिलासा राना र एथलेटिक्सका बादलकार्की  छन् । उत्कृष्ट प्रशिक्षकविधामा टेनिसकानीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु  छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड एथलेटिक्स प्रशिक्षकइन्द्रामल्ललाई प्रदान गर्ने घोषणा भइसकेको छ । मल्ललाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । वर्ष उत्कृष्ट खेल संस्थावाक्लबतर्फको अवार्ड सहारा क्लबपोखरालाई प्रदान गरिनेछ । वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्ड रोहितराज पराजुलीलाई अर्पण गरिनेछ ।  वर्ष उत्कृष्ट खेलकुद संघसंस्थावाक्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा अवार्ड पाउने छन्् ।
ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसको अन्तर्राष्ट्रिय वरीयताप्राप्त खेलाडी अभिषेक बाँस्तोलालाई विशेष (स्पेशल) अवार्डबाट सम्मान गर्ने निर्णय समेत खेलकुदपत्रकार मञ्च गण्डकीको ३९ औं बैठकले गरेको महासचिव राजारामपौडेलले जानकारी दिए ।
प्रवेशनिःशुल्क रहने अवार्ड कार्यक्रममाचर्चित गायकप्रकाश सपुत, सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुती समेत रहने महासचिवपौडेलले खुलाए ।
अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गरेको छ । पोखरा महानगरपालिकाको समन्वयमाहुने कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमानेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय रहेको छ ।
उदीयमान खेलाडीको पुरस्कार सहारा क्लबपोखरा, उत्कृष्ट खेलकुद संघसंस्थावाक्लबतर्फको पुरस्कार टाईगर गुप्र अफपोखरा नेपाल, वर्ष उत्कृष्ट खेल पत्रकारको पुरस्कार स्व. सेनानी हेमबहादुर पुनको परिवार, लाइफटाइम अचिभमेन्ट अवार्ड सुपर मादी हाइड्रो पावर लिमिटेडले प्रायोजन गर्ने सम्झौताभएको छ ।

 

 

बिहीबार २७ बैशाख २०८१ ०९:५५ PM मा प्रकाशित

प्रतिक्रिया