images

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान सकिएको खेलमा रियलले जर्मन क्लब बार्यन म्युनिखलाई दोस्रो लेगमा २–१ को अन्तरले पछि पार्दै समग्रमा ४–३ अंकका साथ फाइनलमा स्थान बनाएको हो । 
दुई बीचको पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो । दोस्रो लेगमा बार्यनले एक गोलको अग्रता लिए पनि अन्तिम समयमा लय गुमाउँदा रियललाई २–१ को नतिजा सुम्पिन पुग्यो । एक गोलले पछि परेको रियलका लागि ८१ औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले २ गोल गर्दै रियललाई च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गराए ।  
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बार्यनले ६८ औं मिनेटमा बराबरी गरेको थियो । ह्यारी केनको पासमा अल्फान्सो डेविसले बार्यनलाई अग्रता दिलाएका हुन् । समग्रमा बार्यन त्यतिबेला ३–२ अघि बढेको थियो । रियलका लागि नाचोले ७१ औं मिनेटमा गोल गरेपनि त्यसले मान्यता पाएन ।  
८८ औं मिनेटमा रियलका लागि जोसेलुले बराबी गोल गरे । दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा जोसेलुले गोल गर्दै रियललाई अघि बढाए । एन्टनियो रुडीगरको पासमा उनले गोल गरेका थिए । उनको गोललाई भारले चेक गरेपछि मान्यता दिइएको थियो ।  सोही गोलका कारण अन्ततः रियल ४–३ को नतिजाका साथ फाइनलमा प्रवेश गर्न सफल भयो । फाइनलमा रियलले जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग खेल्ने छ । फाइनल खेल जुन २ तारिखमा हुने छ ।
 

बिहीबार २७ बैशाख २०८१ ०७:४६ PM मा प्रकाशित

प्रतिक्रिया