काठमाडौँ - नेपालमा कानून दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।
प्रधानन्यायालय स्थापना भएको दिनलाई नेपालमा कानून दिवसका रुपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो ।
सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानून दिवसका रूपमा मनाउने गरिएको छ । कानून दिवसका अवसरमा सर्वोच्च अदालतले मंगलबार काठमाडौंमा चियापान समारोहको आयोजना गरेको थियो ।
समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानुनमन्त्रीलगायत, सरकारी उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।