सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई आज हुँदै

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आइतबार हुँदैछ ।

जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो ।

अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन । सो मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आइतबार नै सुनुवाइ हुने सम्भावना छ ।

बलात्कार आरोप लागेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले सुरुवातमा पुर्पक्षका लागि थुनामा पठाएको थियो । पाटन उच्च अदालतले उनलाई थुनामुक्त गरेको थियो तर, विदेश जान भने रोक लगाएको थियो ।